२४ वर्षे युवा ८८ लाख ठगीमा पक्राउ

काठमाडौं, १६ साउन—कम्बोडिया पठाइदिन्छु भनि ८८ लाख ठगी गर्ने एक जनालाई बुधबार महानगरीय अपराध अनुसन्धान महाशाखाले काठमाडौमा पक्राउ गरेकोछ ।
पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका—९ का २४ वर्षे सुमन बस्नेत छन् । उनलाई काठमाडौँको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।