पहिरो जादा नुवाकोट बाटो अवरुद्ध

नुवाकोट, १६ साउन—पहिरो जादा नुवाकोटको बिदुर नगरपालिका १० तिरतिरे भीरमा पहिरो गएपछि पासाङ ल्हामु मार्ग दुई दिनदेखि अवरुद्ध भएकोछ । सडक अवरुद्ध भएपछि रसुवागढी नाका प्र्रभावित भएका छन् ।
त्रिशुली—बेत्रावती सडक खण्डमा गएको पहिरोका कारण पर्यटकहरु पनि अलपत्र परेका छन् । यात्रुहरु पहिरो गएपछि आवतजावत गर्न पाएका छैनन । बिहान मंगलबार पहिरो गएपछि सडक बन्द भएको खुलेकोछ ।