जोशीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १६ साउन —प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् । सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका ओलीले जोशीले राजीनामा नदिए संसदीय सुनुवाई समितिमा रहेका नेकपा र सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसदलाई जोशीको नाम अस्वीकार गर्न निर्देशन दिइसकेका छन्
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले शैक्षिक योग्यताको प्रमाण पत्रलगायतका विषयमा विवादमा मुछिएकाले राजीनामा दिएर सुरक्षित अवतरण खोज्न जोशीलाई सुझाव दिए ।