प्रतिनिधिसभाद्वारा जोशीप्रति शोक प्रस्ताव पारित

 
काठमाडौँ,१६ साउन— प्रतिनिधिसभाले प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
बुधबार बसेको बैठकले जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौन धारण गरेको छ । २०४८ को प्रतिनिधिसभाको चुनावमा जोशी नेपाली कांग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वा्चित भएका थिए ।
जोशीको काठमाडाँैस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा मंगलबार निधन भएको थियो । उनको शव श्रद्धाञ्जलीका लागि अहिले पार्टी कार्यालय सानेपामा राखिएको छ । उनको आजै अन्त्यष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।