जोशीको विपक्षमा सत्तारूढ दल

काठमाडौं, १६ साउन — प्रधानन्यायाधीशमा उम्मेदवार दीपकराज जोशीलाई सत्तारूढ दल नेकपाले समर्थन नगर्ने भएको छ ।
सुनुवाइ समितिमा बुझाएको एसएलसीको प्रमाणपत्र किर्ते भएको, उनले गरेको थुप्रै फैसलाहरू विवादास्पद रहेकोे लगायतका कारण प्रधानन्यायाधीश जस्तो सम्मानित पदका लागि जोशी अयोग्य रहेको बताइएको छ ।
जोशीबारे निर्णयमा पुग्न कांग्रेसका सांसदहरुले पार्टीमा थप गृहकार्य गर्नुपर्ने भएकाले समय माग गरेकाले बैठक सरेको र आजको सुनुवाइ समितिको बैठकले अनुमोदन वा अस्वीकृत के गर्ने भन्ने विषय टुंग्याउने भएको छ ।