नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसनको मतगणना अन्तिम चरणमा, अधिकारीको अग्रता,

 

काठमाडौ,१४ साउन— नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसन डीएलएको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको गणना अन्तिम चरणमा पुगेको छ ।
नयाँ नेतृत्वको लागि कानुन व्यवसायीहरुको तर्फबाट अध्यक्ष पदको लागि योगेन्द्रबहादुर अधिकारी,सीताराम केसी, र वरिष्ट अधिवक्ता रामकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
पछिल्लो गणना अनुसार अधिकारीले केसीलाई करीब ८० भन्दा बढी मतले पछि पार्दै अग्रता लिइरहेका छन ।  गैंडाकोटमा जारी १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ कार्यसमिति चयनको लागि हिजो मतदान भएको थियो ।