त्रिपाठी समूहलाई पार्टीमा प्रवेश गराउने नेकपाको तयारी

काठमाडौ, १४ साउन— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेरसम्म बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । एमाले र माओवादी एकतापछि दुई सांसदसहित त्रिपाठीको समूह नेकपा संसदीय दलमा छ । गत निर्वाचनमा त्रिपाठी नवलपरासी–२ र ब्रजेशकुमार गुप्ता कपिलवस्तु–२ बाट निर्वा्चित भएका थिए ।