डा. केसीबीच भएको सहमति कार्यान्वयन गर्न कांग्रेसको जोड

काठमाडौ, १२ साउन—  प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसले आफ्नो पार्टी नेतृत्वको सरकारले जारी गरेको अध्यादेशले नै अहिले समाधान दिएको भन्दै केसीसँगको सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।  कांग्रेसले सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिको स्वागत गरेको छ ।
तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा. केसीको माग सम्बोधन गर्न गरेको प्रयास सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा विधेयक जारी भए पनि अहिले केसीका माग पूरा भएको भन्दै कांग्रेसले स्वागत गरेको हो ।