देशकै जेठो अस्पताल १२९ औं वर्षमा प्रवेश

काठमाडौं, १२ साउन—देशकै जेठो अस्पताल वीर अस्पतालले शनिबारदेखि १२८ औं बसन्त पार गरेकोछ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल साउन १२ देखि १ सय २९ औं वर्षमा टेकेको छ ।
श्री ३ वीरु शम्शेरले सर्वसाधारण जनताका लागि भनेर १९४६ साल साउन १२ गते वीर अस्पताल स्थापना गरेका थिए । मुलुककै सबै भन्दा जेठो र ठुलो अस्पताल यसैलाई चिनिन्छ । विगत दुई वर्षदेखि वीर अस्पतालले सर्वसाधारणको उपचारमा थप सेवा र सुविधाका साथै प्रविधि थप्दै लगेको छ । ६ सय बेडको अत्याधुनिक अस्पताल भवन निर्माणसमेत शुरु भएको छ ।