दुई छोरी जन्माउनेलाई पुरस्कार स्वरुप ६ हजार

विराटनगर, ३ साउन—छोरी संरक्षण गर्ने अभियानमा विराटनगर लागेकोछ । दुई छोरी जन्माउनलेलाई ६ हजार रुपैया दिने योजना बनाएकोछ ।
विराटनगर महानगरपालिकाले छोरी जन्माउनलेलाई यस्तो सुविधा दिन लागेको हो । प्रोत्साहन स्वरुप ३ हजार रुपैया पुरस्कार दिन थालेको छ । पहिला सन्तानका रुपमा छोरी जन्माउदा ३ हजार र अर्को पटक पनि छोरी जन्माए ६ हजार दिने भएको हो ।