डा. केसीलाई लिन सेनाको हेलिकप्टर जुम्लामा, विरोधमा समर्थक

काठमाडौ,३ साउन— जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर जुम्ला पुगेको छ ।
केसीका समर्थक, स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु, नागरिक समाज तथा स्वास्थ्यकर्मी विरोधमा उत्रिएका छन् ।

डा. केसीलाई लिनको लागि सेनासहितको हेलिकप्टरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कर्णालीका आन्तरिक मामिला तथा कानून (गृह) मन्त्री नरेश भण्डारी जुम्ला पुगेका हुन् ।