डा. केसीको मुटुमा देखियो समस्या, यस्तै रहे सीसीयुमा जान सक्ने खतरा

 

जुम्ला, ३ साउन—डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएकोछ । चिकित्सा शिक्षा सुधारको माग गर्दै उनले १९ दिनदेखि अनसनमा रहेका छन् । मंगलबार राती साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनले ९ वटा सम्म एक्टोपिक बिट्स देखिएको चिकित्सकहरु बताउछन् ।

उनीहरुका अनुसार यस्तै अवस्था रहे डा. केसी जुनसुकै बेला सीसीयुमा राखेर उपचार गर्नु पर्ने बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन आवश्यक रहेको सुनाए ।