साउदीमा ३८ नेपाली अलपत्र

खोटाङ, २ साउन—सम्झौता अनुसारको तलब नपाउदा साउदी अरबमा ३८ नेपाली अलपत्रमा परेका छन् । २०७४ फागुन १ मा उनीहरु साउदी पुगेका थिए । एक दिन ड्युटि इन्कार गरेका नेपालीलाई कम्पनीले सडकमा निकालेको हो । तलबका रुपमा ९ सय रियलमात्र पाएपछि उनीहरुले कम्पनी ड्युटि इनकार गरेका थिए ।

खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ र युवराज निरौला अलपत्र छन् । यस्तै डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ, सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देवेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई र टंकबहादुर कार्की पनि अलपत्र परेका हुन् ।