डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

 

काठमाडौ,१ साउन —१८ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । चिकित्सकका अनुसार डा. केसीको मुटुमा जटिल समस्या उत्पन्न भएको छ । मुटुको चाल निकै बढेको र यसो हुनु मानव स्वास्थ्यका लागि खतराजनक हुने चिकित्सकले बताएका छन् । डा. केसीको घाँटीमा पनि संक्रमण देखिएको छ ।