आजदेखि अधिकांश जिल्ला कार्यालय खारेज हुने

काठमाडौं, १ साउन—आजदेखि मुलुकमा रहेका अधिकांश जिल्ला कार्यालय खारेज हुने भएका छन् । मुलुक संघीयतामा गएसंगै केन्द्र मातहतमा रहेका जिल्ला खारेज हुने भएका हुन् । जस मध्ये, १८ जिल्ला परेका छन् । सरकारले खारेजमा परेका जिल्लाको सुचि समेत सार्वजनिक गरेकोछ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले संघीय तहमा रहेका विभाग, कार्यलयको नयां व्यवस्था र त्यसको दरबन्दीको टुंगो लगाएर १५ दिन भित्र आवश्यक व्यवस्थापन गर्न प्रदेश सरकारलाई निर्देशन दिइसकेकोछ