डा. केसीसँग वार्ता गर्न समिति गठन

 

काठमाडौ, ३२ असार —चिकित्सा शिक्षामा सुधारको माग गर्दै १७ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।

मन्त्रिपरिषद बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो। जसमा गृह र स्वास्थ्य मन्त्रालयका एक एक सहसचिव रहने छन्।