साउन ३ देखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

काठमाडौ ,असार ३२,  — नेपाल चिकित्सक संघले ४८ घन्टाभित्र सरकारले डा.गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन नगरे देशभरीको आकस्मिक बाहेकको सबै सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।
आमरण अनसनको १७औँ दिनसम्म सरकारले गम्भीरता प्रदर्शन नगरेर जीवन रक्षाको लागि कुनै पहल नगरेकोले कडा पाइला चाल्न बाध्य भएको संघले जनाएको छ।