एआईजी प्रतिष्पर्धामा ५ जना बाकी

काठमाडौ,२९ असार — एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना डिआईजी मात्रै रहेका छन । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटै पद रिक्त रहँदै गर्दा प्रतिष्पर्धामा रहेका ५ जना डीआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् ।
उनीहरुको अवकाशसगै एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना बाकी रहेका हुन । जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह छन् ।
एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।