डा. केसीको अनशन १४औँ दिन, स्वास्थ अवस्था गम्भीर

काठमाडौ, २९ असार— जुम्लामा १४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार बिहीबार केसीको मुटुमा समस्या देखिएको हो ।
बुधबार सामान्य अवस्थामा रहेका केसी बिहीबार निकै सिकिस्त देखिए । मुटुमा समस्या भएसगै उनको बोलीमा समस्या आएको छ ।