अविरल वर्षाले एक हप्तामा ५० जनाको ज्यान लियो भने केहि वेपत्ता

काठमाडौं, २७ असार—पछिल्लो एक सातामा देशभरका ५० जनालाई बर्षाले मृत्युको मुखमा लगेकोछ । वर्षापछि तराईमा आएको बाढी र पहाडमा खसेको पहिरोले उनीहरुको मृत्य भएको हो ।
असार १८ देखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाले ५० जनाको मृत्य भएको गृह मन्त्रालयले जनाएकोछ । यद्यपी मन्त्रालयले कुन जिल्लामा कति जनाको मृत्य भएको भन्ने विस्तृत भने खुलाएको छैन । केहि हराइरहेको र उनीहरुको खोजि भइरेको समेत गृहले बताएकोछ ।