फेशबुकलाई ५ लाख पाण्डको जरिवाना हुने

 

ऐजेन्सी, २७ असार—फेशबुकलाई ५ लाख पाण्ड स्टर्लिङ जरिवाना हुनेभएकोछ । बेलायतको डाटा संरक्षण केन्द्रले क्याम्ब्रिज एनालिटिका प्रकण्रामा फेशबुकलाई यो जरिवाना लाग्ने भएको हो ।

एनालिटिका कारण फेसबुक प्रयोगकर्ताको निजी सुचना चुहावटमा फेसबुकको पनि संलग्नता पाइएपछि जरिवाना लगाईएको बीबीसिले उल्लेख गरेकोछ । यति धेरै रकमको जरिवाना फेशबुकको लागि पहिलो हो ।