विश्वकप फुटबलमा फ्रान्स फाइनमा

 

काठमाडौं, २७ असार—विश्वकप फुटवलको उपाधी नजिकै फ्रान्स पुगेकोछ । गएराती बेल्जियमलाई १—० ले हराउदै फ्रान्सले फाइनलमा पुगेकोछ । फ्रान्सलाई गएरातीको जितले दोस्रो उपाधि नजिक पुराएको हो । सेन्ट पिटरवर्गमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५१ मिनेटा स्यामुएल उम्टिटोले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । दोस्रो सेमिफाइनलका लागि आज राति ईङ्ल्याण्ड र क्रोएसिया भिड्नेछन् । फ्रान्सभने आइतबार आज राति हुने बिजेतासंग भिड्नेछ ।