राज्यको सम्पती लुटेर भाग्न लागेजस्तो व्यवहार भयोः उपकुलपति कोइराला

काठमाडौ,२४ असार — विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा जान लागेका बेला त्रिभुवन विमानस्थलबाट अपमानजनक ढंगले प्रहरीद्वारा नियन्त्रणमा लिइएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राज्यको सबै सम्पत्ति लुटेर भाग्न लागेको जःतो व्यवहार गरेको भन्दै दुःख व्यक्त गरेका छन्। उनले आइतबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भने, ‘म अत्यन्त दुःखी र चिन्तित छु।’

उनले विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए। उनले कार्यक्रममा भने, ‘म क्यानडा पिकनिक गर्न जान लागेको होइन। पर्यटनका लागि गएको होइन। म संस्कृतिको विस्तारका लागि जान लागेको थिएँ।’