‘सरकारको निर्णयप्रति खुसी छु’ —युवराज भुसाल

काठमाडौं, २४ असार —राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त भएका युवराज भुसालले आफु खुसी रहेको प्रतिक्रिया दिएका छन् ।
भुसालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको साँढे ८ महिना नेतृत्व गर्ने अवसर पाएकोमा आफू अन्त्यन्तै खुसी रहेको भन्दै सरकारप्रति आभार व्यक्त गरेका छन् । आईतबार आफूलाई पदमुक्त गरेको पत्रकार सम्मेलनमार्फत् जानकारी गराउँदै उनले सरकारको सो निर्णयको सम्मान गर्ने पनि ःपष्ट पारे । सरकारले आफूलाई लक्षित गरेर नभई गत भदौ १४ गते यताका अघिल्ला सरकारका राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय अनुसार आफूलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त गरेकाले त्यसमा आफूले गुनासो गरिरहन पर्ने ठाउँ नभएको उनले पष्ट पारे ।