पुर्व र पश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं, २५ असार— ३ दिन देशभर वर्षा हुने अनुमान मौसम पुर्वानुमान महाशाखाले गरेकोछ । विभागले सुचना गारि गरेरै यस्तो अनुमानीत जानकारी दिएको हो । आज देशभर बदलीको सम्भावना छ । अधिकांश स्थानहरुमा हल्कादेखि मध्य वर्षा हुने अनुमान गरिएको हो ।
तर, मध्य र पश्चिमी क्षेत्रका स्थानमा भने भारी वर्षा हुने सभ्वाना रहेको देखिन्छ । पुर्व र पश्चिमका केहि स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएकोछ । रातीको समयमा पनि देशभर पानी परेको बताएकोछ । बुधबार दिउसोदेखि सामान्य बदली हुने महाशाखाले अनुमान गरेको छ ।