आज दिउसो प्रदेश २ का प्रतिनिधिसंग प्रधानमन्त्री छलफल गर्ने

काठमाडौं, २२ असार—आज प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसंग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्दै छन् । यो हरेक शुक्रबार हुने नियमीत कार्यक्रम अन्र्तगत पर्छ ।
प्रदेश २ बाट प्रतिनिधि र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसंग प्रधानमन्त्री ओलीले छलफल गर्न लागेका हुन् । दिउसो ३ बजे सिंहदरबार स्थित प्रधान मन्त्रीको कार्यालयमा हुने छलफलमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, बजेट लगायत विषयमा सांसदहरु बिच धारणा र सुझाव संकलन गरिने जनाएकोछ ।