नेकपाको स्थायी समिति बैठक बालुवाटारमा सुरु

काठमाडौ, २१ असार—  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा विधानमा देखिएका त्रुटी सच्याउने विषयमा छलफल हुँदैछ।

दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी समिति बैठक एक घण्टा ढिलागरी ४ बजे सुरु भएको हो। बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले विधानका विवाद समाधानका लागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार बिहीबार स्थायी समितिको बैठक बोलाइएको हो।