फ्रान्सेली राष्ट्रपतिको चेतावनी : ईयुले आप्रवासीको समस्या समाधान नहुने

 

एजेन्सी, २१ असार—युरोपेली युनियन ईयुको योजनाले आप्रवासीसम्बन्धी समस्या समाधान नहुने चेतावनी फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले बताएका छन् । ईयुले उत्तरअफ्रिकीमा आप्रवासी छनौट केन्द्रि स्थापना गर्ने योजना बनाएपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

यहि महिनाको सुरुवातमै ईयु नेताहरुले सम्मेलनमा यस विषयमा सहमति जनाएपनि अहिले सम्म कुनैपनि युरोपेली मुलुकले आफ्नो मुलुकमा केन्द्र स्थापना गर्न सहमति जनाएको छैन । समाधानका लागि अफ्रिकी मुलुक आफैले नेतृत्व लिन तयार हुनु पर्ने म्याक्रोले बताएका छन् ।