राजनीतिक नियुक्ती पाएका ७ वटै प्रदेश प्रमुखको पद धरापमा

 

काठमाडौ, २१ असार—भदौपछिका राजनीतिक नियुक्ती खारेज गर्ने सरकारको निर्णय छ । यस संगै प्रदेश प्रमुखहरुको पदमा पनि धराप आउन लागेकोछ । राजनीतिक रुपमा त्यस बेला पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ ३ गते एकलौटी ढंगले सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो ।
प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन् । कायस्थ र झा कांग्रेससँगको तत्कालीन पावर सेयरिङका कारण मधेस केन्द्रित दलहरुको कोटाबाट प्रदेश प्रमुख हुन सफल भएका थिए ।
अनलाईन खबर स्रोत