सेवाग्राहीलाई दुःख दिने पक्राउमा

 

काठमाडौं, २१ असार—सेवाग्राहीलाई दुःख दिने आठ जना बिचौलियालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेकोछ । यातायात व्यवस्था कार्यालयमा दुख दिनेलाई पक्राउ गरेको हो ।

परिसरको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल,किरण देउवा, भक्तपुरमा गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र काठमाडौका बालकृष्ण खत्रीलाई मंगलबार पक्राउ गरेको हो ।