बिहान नारायणगढ—मुग्लिन सडकको टोपे खोलामा पहिरो जादा यातायात अवरुद्ध

 

काठमाडौं, २० असार—नारायणगढ मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि पहिरो गएकोछ । जसले गर्दा नारायणगढ—मुग्लिन सडक खण्ड अवरुद्ध छ ।

सडक खण्डका आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पांच बजे गएको पहिरोका कारण आज दिनभर यातात प्रभावीत हुने छ । अहिले गाडी सबै ठम्म छन् । पहिरो हटाउन दिनभरि लाग्न सक्ने बताइएकोछ ।