डाक्टरले चेक जाच गरेरन भन्दै जिल्ला अस्पतालमा उजुरी

 

काठमाडौं, २० असार—विरामीलाई डाक्टरले चेक जांच नगरेको भन्दै उजुरी परेकोछ । जिल्ला अस्पताल विजुवार प्युठानका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. अच्युतराज कार्कीलाई यस्तो आरोप लागेको हो ।

मंगलबार अस्पतालमा उपचार गराउन पुगेकी झिमरुक गाउपालिका ५ ओखरकोट मच्छिकी जुना न्यौपानेले प्रमुख जिल्ला अधिकारीलाई लिखित उजुरी दिएकी हुन् ।

दिनभरि लाइनमा बस्दा पनि चेक जाच गराउन चिकित्सक कक्षमा पुग्दा जाज्दैन भनेर फर्काएको उनले गुनासो गरेकी छन् । न्यायकालागि उनले प्रशासनमा उजुरी दिएकी हुन् ।