पहिरोमा परि ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौ, १४ असार— धादिङ जिल्लाको खनियाँबास र नेत्रावती डपजोङ गाउँपालिकामा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन । दुवै घटनामा ५ जना घाइते छन ।
बुधबार राती गएको पहिरोमा खनियाँबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइश्वारामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा उनकी बुहारीसहित दुई नातिनीको मृत्यु भएको हो।
गोलेकी ३२ वर्षीय बुहारी वसुदा गुरुङ्ग, ८ वर्षीय नातिनी लक्ष्मी र ५ वर्षीय सरस्वती गुरुङ्गको सनाखत भएको छ। घाइते विकासको स्थानीय नेत्रावती हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।