पहिरोले घर पुरिदाँ बच्चा सहित ३ जनाको मृत्यु

काठमाडौ, १२ असार — बाग्लुङमा सोमबार राती गएको पहिरोमा परि एकै घरका ३ जनाको मुत्यु भएको छ । बरेङ गाउँपालिका–१ का स्थानीय बिष्णुबहादुर घर्तीको घर पुरिदा ४० वर्षीय घर्ती उनकी ३५ वर्षीय श्रीमती बिष्णु घर्ती र ६ महिनाकी छोरी सोनिया खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।