‘मेरोे चरित्र हत्या गर्न खोजियो’— आचार्य श्रीनिवास

काठमाडौं,१२ असार — आफूले आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवासले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै उनले आफूमाथि अन्याय भएको भन्दै छानबिनका लागि आयोग गठन गर्न समेत सरकार समक्ष माग गरेका छन् ।
उनी चैत २५ गते ०७४ को बिहान २ बजेतिर शौच गर्न निस्किएको वेला उनीमाथि बिराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनी असार ८ गते जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।