प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा संबोधन गर्दै

काठमाडौ,असार १२—आज प्रतिनिधिसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । चीन भ्रमणका क्रममा भएका समति र सम्झौताबारे सदनलाई जानकारी गराउन संबोधन गर्न लागीएको हो । हिजै सम्बोधन गर्ने बताईएपनि तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।

कम्युनिष्ट पार्टी नेकपा संसदीइ दलका उपनेता सुवास नेम्बाङले यस्तो जानकारी दिएका हुन् । रेलमार्ग, उर्जा, जलस्रोत लगायतका विषयमा भएको छलफल र सम्झौताबारे सदनमा जानकारी दिइनेछ । प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएकोछ ।