कांग्रेस सभापति भेला आज सकिँदै

 

काठमाडौ, ८ असार —कांग्रेस जिल्ला सभापतिहरूको भेला हेटौंडा घोषणापत्र जारी गर्दै आज सकिँदै छ ।

मंगलबारदेखि शुरु भेला बिहीबार नै सक्ने बताइए पनि जिल्ला सभापतिहरु बोल्ने क्रम नसकिएकाले एक दिन लम्बिएको हो ।

घोषणापत्रमा पार्टी्भित्र अनुशासन कसरी कायम गर्ने, केन्द्र तथा स्थानीय तहमा प्रतिपक्षीका रुपमा कसरी प्रस्तुत हुने भन्नेलगायत विषय समेटिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।