प्राकृतिक विपतले बार्षिक पाँच सयको मुत्यु, तीन अर्बभन्दा बढीको क्षति

काठमाडौ, ७ असार— प्राकृतिक विपत्मा परी नेपालमा प्रत्येक वर्ष सरदर पाँच सयको मुत्यु भएको छ । तीन अर्बभन्दा बढीको क्षति हुने गरेको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार प्राकृतिक विपत्बाट ०७३ मा चार सय ८३ को र ०७४ मा पाँच सय ९७ को मृत्यु भएको छ । यी दुई वर्षमा मुलुकभर ६ अर्ब ३० करोड तीन लाख १८ हजार तीन सय ४७ रुपैयाँ मूल्यबराबरको संरचना तथा सम्पत्ति क्षति भएको छ ।