‘भैरे’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौ —अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, अर्जुन गुरुङ, जयनन्द लामा, सुनिल थापा, अनुभव रेग्मी  रहेका छन ।

चलचित्रलाई एभरेस्ट सूर्य बोहराले लेखन तथा निर्देशन गरेका हुन् । साउन ४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको यस अघि दुई गीतहरू सार्वजनिक भइसकेका छन् ।