गृहमन्त्री थापाको सांसद पद ६ वर्ष, अर्थमन्त्रीको २ वर्ष मात्र

काठमाडौ,४ असार— गृहमन्त्री रामबहादुर थापाको  सांसद पद   ६ वर्ष कायम भएको छ ।  अर्थमन्त्री युवराज खतिवडाको  भने २ वर्ष कायम भएको छ । गोलाप्रथामा उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो ।

राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल आज तय भएको छ । १९ सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा मार्फत कार्यकाल तय गरिएको हो ।