कोमल ओलीको कार्यकाल चार वर्ष कायम

काठमाडौ, ४ असार — राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष कायम भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो ।  उनी प्रदेश ५ की नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् ।
चर्चित गायीका तथा सामाचार बाचिका ओली रेडियो नेपालको सरकारी जागिर छाडेर तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वा्चित भएकी थिइन् ।