पहिरोमा खसेका चार जनाको ३९ घण्टापछि सकुसल उद्दार

काठमाडौ, ३ जेठ— संखुवासभा अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुसल उद्दार गरिएको छ।
कालिकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीया प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका– १ का ४४ वर्षीया प्रेम परियार, भारतको झारखण्ड बस्ने ५५ वर्षीया डोजर अप्रेटर बुधन मुन्डा, भारतकै बिहार बस्ने ४५ वर्षीया इलेक्ट्रोनिक इन्जिनियर नन्दकिशोरको उद्दार गरिएको हो । शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो।
उनीहरुको स्वास्थ्यअवस्था राम्रो भएपनि स्वास्थ्य परिक्षण गर्न जिल्ला अस्पताल खादवारी लगिएको प्रहरीले जनाएको छ।