झापाका किसानले विरोध जनाउदै सडकमै दूध पोखे

काठमाडौ, ३ जेठ —उत्पादन गरेको दूध बिक्री नभएपछि झापामा किसानले सडकमै दूध पोखेका छन् । कृषकहरुलाई विगत ४ वर्षदेखि नेपाल बहुउद्देश्यीय सहकारी लिमिटेड, मेचीनगरबाट सञ्चालित एमएनसी डेरीले ऋण दिएर गाइपालन गर्न लगाए पनि हाल दूध खरिद गर्न छाडेपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन ।
झापा गाउँपालिका–६, शरणामतीका किसानले सडकमा दूध पोखेर विरोध जनाएका हुन् ।