सेलो नाट्य महोत्सव सुरु

काठमाडौ — सेलो नाटक महोत्सव २०७५ सुरु भएको छ । बतिसपुतली स्थित शिल्पी थिएटरमा शनिबार महोत्सवको उद्घाटन गरिएको हो । महोत्सवको उद्घाटन गर्दैै पुर्व संस्कृति तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेलले तामाङहरुको भाषा, संस्कृतिको पहिचान गर्नका लागि नाट्य महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताए । साथै तामाङहरुको परम्परालाई एउटै स्थानबाट सिक्नका लागि तामाङ संग्रहालय आवश्यक परेको र त्यसका लागि आफुले पहल गर्र्नेे आश्वासन समेत दिए । उनले भने ‘तामाङहरुको भाषा संस्कति जोगाउनका लागि संग्रहालयको आवश्यक छ । त्यसको लागी म सहयोग गर्न तप्पर छु ।’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभतmले यो महोत्सव एक सुरुवात रहेको र यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत पहिचान गराउन आवश्यक रहेको जानकारी गराए । नाट्य महोत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेसनले आयोजना गरेको हो । महोत्सवमा ३ दिन सम्म ५ वटा नाटक मञ्चन हुने छ ।