फिपा विश्वकप सन्र्दभः मेसीले पेनाल्टीबाट गोल अवसर गुमाए

 

काठमाडौं, ३ असार—विश्वकप २०१८ मा शनिबार विशेष चाम रह्यो । अर्जेन्टिना र आइसल्यान्डबीचको खेलले दर्शकको ध्यान तानेको थियो । अधिकांश फ्यानहरु अर्जेन्टिनाले जित्ने ठुलो आशमा बसेका थिए ।
तर, त्यो आश आशमै सिमीत रह्यो । खेलमा १—१ गोलले बराबरी रह्यो । अचम्मत के छ भने लियोनल मेसी आफै पेनाल्टीबाट गोल हान्ने अवसमा चुके । यसले धेरैले अर्जेन्टीनाले ठुलो अवसर गुमाएको आलोचना गरेका छन् ।