आज सातै वटा प्रदेश सरकारले बजेट ल्याउदै

काठमाडौं, १ असार—आज सातै वटा प्रदेश सरकारले बजेट ल्याउने भएकाछन् । आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि आज प्रदेशले बजेट ल्याउने भएका हुन् । प्रदेश सभाका बैठकमा दिउो सुरु हुने सबै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट प्रस्तुत गर्ने तयारी गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारहरुले असार १ गते र स्थानीय तले असार १० गते बजेट ल्याउनु पर्ने छ । संघीय सरकारले अनुदान तथा आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका छन् । जस अनुसार संघीय सरकारले प्रदेश १ मा २१ ऋर्ब ३१ करोड, ५४ लाख अनुदान दिएकोछ भने केहि आन्तरिक स्रोत समेटेर सो प्रदेशले करिब ३५ अर्बको बजेटको तयारी राखेकोछ ।