नेपाली कांग्रेसको ट्रेड युनियनको निर्वाचन सुरु

काठमाडौं, १ असार—आज शुक्रबार नेपाल ट्रेड युनियन कांग्रेसको निर्वाचन हुदैछ । सत्र पदाधिकारी सहित ४४ पदमा हुने निर्वाचनमा देशैभरका एक हजार ४ सय २० प्रतिनिधिले मतदान गर्दैछन् । प्रमुख निर्वाचन अधिकृत भरत खरेलका अनुसार नया पदाधिकारी चयनका लागि बिहानैदेखि मतदान सुरु हुने जानकारी दिए । झन्डै ५ वर्षपछि महाधिवेशन हुन लागेको हो ।