गर्मीले विरामी संख्या बढे

काठमाडौं,२८ जेठ—चर्को गर्मी बढेपछि पानी तथा खानेकुराका कारण विरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएकोछ । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ज्वरो, झाडापखा र टाईफाइट एवं जन्डीस जस्ता रोगका विरामी आउन थालेको बताए ।
उनीहरुको संख्या बढ्दैछ । गर्मीमा खाना सड्ने र खाने पानी पनि दुषित हुने हुदा स्वास्थ्यमा ध्यान राखेर खानु पर्ने अस्पतालले जनाएकोछ । अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार अस्पतालमा दैनिक ४० बिरामी आउन थालेको बताए ।