परमाणु निशस्त्रिकरणका लागि उत्तर कोरिया तयार !

एजेन्सी, २९ जेठ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएको छ ।

ट्रम्प र उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङबीचको भेटका क्रममा यस्तो सहमति भएको हो ।

भेटपछि सम्झौतामा हस्ताक्षर गर्न आयोजना गरिएको कार्यक्रममा अमेरिकी राष्ट्रपतिले यस्तो खुलाए भने त्यसमा किमले समर्थन जनाए ।

उत्तर कोरियाका नेता किम जोङ–उनसँग आफ्नो ‘स्पेसल बोन्ड’ विकास भएको बताएका ट्रम्पले किमसँग राम्रो सम्बन्ध बिस्तार भएको र यसले कोरियाको परमाणु निशस्त्रिकरणको ढोका खोलेको उल्लेख गरे ।

ट्रम्पले आफूहरूबीच फेरि भेटवार्ता हुने भन्दै उत्तर कोरियाको परमाणु निशस्त्रिकरण प्रक्रिया निकै चाँडै सुरु हुने बताए ।

‘यो वार्ताबाट ऐतिहासिक सफलता हाँसिल भएको छ,’ ट्रम्पले भने, ‘अब उत्तर कोरियाको परमाणु निशस्त्रिकरण प्रक्रिया निकै चाँडै सुरु हुनेछ ।’