कांग्रेसका शिर्ष नेता भातृसंगठन आफ्नो पक्षमा ल्याउन कसरत

काठमाडौं, २८ जेठ—यतिबेला कांग्रेसका शीर्ष नेताहरु पार्टीका भातृसंस्थालाई आफ्नो पक्षमा ल्याउन लागिपरेका छन् । पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कडा प्रतिस्प्रधा छ । उनीहरु दुवै जना नेपाल शिक्षक संघ र कर्मचारी युनियनपछि ट्रेड युनियन कांग्रेलाई आफ्नो पक्षमा ल्याउन लागि परेका हुन् ।
आउदो महाधिवेशनमा प्रभाप पार्न उनीहरु भातृ संस्था पक्षमा पार्न लागि परेका हुन् । ट्रेड युनियन कांग्रेसको अधिवेशन भने यहि जेठ २९, ३० र ३१ गते राजधानीमा हुन लागेको छ । ट्रेड युनियन कांग्रेसमा देशभरबाट १३ सय ७० मतदाता छन्।